प्रधानमन्त्रीलाई रास्वपाले बुझायो सहकारी समस्या समाधानका उपायसहितको प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई ‘सहकारी तथा लघुवित्त संस्थाको संकट, समाधानका उपाय र योजना’ समेटिएको प्रतिवेदन बुझाएको छ।

बिज्ञापन

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीले सुझावपत्र बुझाएको हो।

बिज्ञापन

सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका छन्।

भेटमा प्रधानमन्त्री दाहालले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।”

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारिएको प्रतिवेदनमा रास्वपाले तीनवटा समस्या र पाँच वटा समाधानको उपाय सुझाएको छ। प्रतिवेदनमा समस्या समाधानका लागि कानून परिमार्जन, नियमनकारी संयन्त्रको परिचालन, प्रविधिको प्रयोगलगायत बुँदा समेटिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु