नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिज्ञापन

कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना विरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताए।

बिज्ञापन

टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरुको संलग्नतामा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा लगिएको अख्तियारले जनाएको छ।

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ-संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी भ्रष्टाचार गरिएको अख्तियारले उल्लेख गरेको छ।

बिज्ञापन

नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु