धादिङमा रुख काट्ने क्रममा हाते आराले काटेर एक जनाको मृत्यु

रुख काट्ने हाते आराले छातीमा काटेर एक जनाको मृत्य

बिज्ञापन

काठमाडौं : धादिङमा रुख काट्ने हाते आराले काटेर एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको निलकण्ठ नगरपालिका-८ साधुटार दोभानमा सामुदायिक वनको रुख काट्ने क्रममा हाते आराले काटेर एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। आराले उनको बायाँपट्टीको छातीको भागमा काटेको थियो।

बिज्ञापन

आराले छातीको भागमा काट्दा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु