सुक्खा पहिरोले कोसी राजमार्ग अवरुद्ध, एकजना घाइते

संखुवासभा । संखुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३, हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिज्ञापन

मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।

बिज्ञापन

शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उपचारका निम्ति घाइते केसीलाई जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए ।

पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एकथान स्काभेटर समेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

बिज्ञापन

अवरुद्ध कोसी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर–दक्षिण कोसी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्तीनजिकै अलपत्र परेका छन् । रासस

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु