रूसी सेनामा रहेका ७० बढी नेपाली जो सम्पर्कविहीन छन्

काठमाडौं : रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन छन्।

बिज्ञापन

नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन्।

बिज्ञापन

रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘रूसी सेनामा आबद्ध भएर दुई/तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको अवस्थाबारे केही बुझिदिनु पर्यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाई रहनुभएको छ।’

उनले रूसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन्।

बिज्ञापन

बंकरमा ड्युटी पर्नेहरू तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने उनको भनाइ छ।

उनले आफैँ पनि एक हप्ता युद्ध, फेरि रिट्रिट, रिफ्रेस ट्रेनिङ फेरि युद्ध यस्तै व्यस्ततामा रहने हुँदा सबैलाई एक/एक जवाफ दिन नसकेको बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु