फेसबुकमा प्रहरीको चरित्र हत्या गरेको आरोपमा पत्रकार पुष्कर भट्ट पक्राउ

कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको आरोपमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट पक्राउ परेका छन् ।

बिज्ञापन

विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । डीएसपी प्रकाश डाँगीका अनुसारका भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्टलाई गड्डाचौकीबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

‘फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्ने जाहेरीपछि नियन्त्रणमा लिएका हौँ’, उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहरेको छ ।’ विद्युतीय कारोबारसम्बन्धी जाहेरीपछि प्रहरीले शुक्रबार भट्टविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बेला प्रहरी निरीक्षक शाहीले चरम यातना दिएको नाथको आरोप थियो । यद्यपि प्रहरीले थुनुवा कक्षमा कसैलाई यातना नदिएको दाबी गरेको थियो ।

बिज्ञापन

भिडिओ सार्वजनिक भएपछि भट्टले कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा र प्रहरी निरीक्षक शाहीविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु