सर्लाही। भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ । […]

बुटवल । माघ २१ गते प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ की नन्दाकुमारी कटवाल सिंहदरबार धाउन थालेको शुक्रबार १४ दिन भयो । उनको एउटै इच्छा छ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दुःख बिसाउने । तर, यो १४ दिनमा उनलाई प्रधानमन्त्री प्रचण्डले एक मिनेट पनि समय दिएनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले हरेक दिन कुनै न कुनै वहाना बनाएर उनलाई फिर्ता पठाउने गरेको […]

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका गुल्सनकुमार झाले पहिलो विकेट लिएका छन् । शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट क्याच गराए । आदर्श भारतीय टिमको स्कोरबोर्डमा २१ रन थपे । जारी खेलको पाँच ओभर समाप्त हुँदा भारतले […]

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरूलाई समात्दा दबाब आउने गरेको बताएका छन् । अपराध गर्ने नेतालाई समात्दा हाम्रो नेतालाई समात्न पाइँदैन, कर्मचारीलाई समात्दा कर्मचारीलाई यसो गर्न पाइँदैन भन्ने वक्तव्य आउने गरेको उनले बताए । बिहीबार मात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी र अजितनारायणसिंह थापालाई पक्राउ गरेको थियो […]

पोखरा । संविधानले दिएको अधिकार दिन संघ सरकारले ढिलो गरहेकोमा प्रदेश सरकारहरूले आक्रोश पोखिरहेका छन् । विशेषतः प्रहरी र कर्मचारी समायोजनका ऐन प्रतिनिधिसभामा अड्किरहेका छन् । जसका कारण प्रदेशमा प्रहरी र कर्मचारी समायोजनका काम हुन सकेको छैन । प्रदेश सरकार स्थापनाको ६ वर्षसम्म पनि संघले अत्यवाश्यक ऐन नबनाइदिएका कारण मुख्यमन्त्रीहरूको मोर्चाबन्दीदेखि संघलाई अल्टिमेटम दिनेसम्मका काम […]

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र […]

जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ । जसअनुसार अब […]

काठमाडौँ । चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेको घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै ब्युरोको टोलीले छाला जुत्ता […]

काठमाण्डौँ ,  गोङ्गबु आवासीय क्षेत्र भित्र उद्योग चलाउन नपाईने भएको छ । आज काठमाण्डौँ महानगरपालिकाले गोङ्गबु आवासीय क्षेत्र भित्रको एरियामा महानगरको टिमले माईकिङ गदै उक्त क्षेत्रमा संचालन रहेका उद्योगहरु स्थान्तरण गर्न अनुरोध गरेको छ । आवास क्षेत्रभित्र कलकारखाना तथा उद्योग र मेनपावर समेत संचालन गर्न नपाउने जनाएको छ । महानगरलेको टिमले माईकिङ गर्दै सात दिन […]