संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका-६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर […]

बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो। बुधवार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० न.को यात्रुवाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। […]

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज रिहा गरेको […]

विवाहको अन्तिम तयारी भै विवाह हुन १ दिन मात्र बाकी हुदा अर्नाको आक्रमण बाट बेहुलीको ज्यान गयो । इनरुवा- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।   सोमबारको बिहेका लागि आइतबारदेखि […]

गुगल बार्डबाट निःशुल्क उत्कृष्ट तस्वीरकसरी बनाउने  ? काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट तस्वीर तयार पार्ने विषय सामान्य जस्तै बनिसकेको छ । अहिले इन्टरनेटमा त्यस्ता थुप्रै टुल छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । मिडजर्नी, ड्यालई र स्टेबल डिफ्युजन शब्दकै भरमा तस्वीर तयार पार्न सकिने टुल हुन् । तर, यी टुल प्रयोग गर्न शुल्क तिर्नुपर्ने […]

  मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा.सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सि.ए (चार्टड एकाउण्टेण्ट) पढाइदिनुहुने भएको छ । नेपाल विद्यार्थी संघ दार्चुला वहुमुखि क्याम्पस इकाइ समितिद्वारा आयोजित ‘सांसदसंग विद्यार्थी संवाद’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका डा. शर्माले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । नेपाली काङग्रेसबाट निर्वाचित सांसद शर्माले उक्त […]

जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ। जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय […]

  काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल अस्पतालमा […]

कर्णाली प्रदेश लोकसेवाले भारी मात्रामा बिज्ञापन खोलेको को छ । आज लोकसेवा कर्णाली प्रदेशले एउटा सुचना जारी गर्दै प्राबिधिक क्षेत्रमा विभिन्न कोटामा बिज्ञापन खोलेको हो । बिज्ञापन हेर्नुहोस  

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले सभापति लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध सोमबार  उजुरी दिएका हुन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ […]