दाङ ।   दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो […]

नेपालमा प्राविधिक जनशक्तिको अभावको उत्कर्ष भईरहदा सिप प्रदान गरि नेपालमा रोजगारी सृजना गर्ने उदेश्यका साथ २०४५ सालको अन्तिमतिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको स्थापना भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमा संघीयता पश्चात् विभिन्न प्रदेशमा कार्यालय स्थापना भए तर, पनि आजका दिनसम्म बिद्यार्थीका नियमित गतिविधिमा सहजीकरण डेलिभर गर्ने,शिक्षालयको अनुगमन र मनिटरिङ जस्ता हुनैपर्ने महत्त्वपूर्ण […]

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने […]

एजेन्सी । के तपाईं पनि आफ्नो मस्तिष्क कनेक्टिभिटी बढाउन चाहनुहुन्छ ? यदि हो भने, एक अध्ययनले किबोर्डमा टाइप गर्नुको सट्टा हातले लेख्नुपर्ने देखाएको छ । हातले लेख्नु भन्दा छिटो हुने, काम चाँडै सम्पन्न हुने भएकाले अक्सर किबोर्डबाट लेख्नेलाई बढी महत्व दिइन्छ । यद्यपि, यो फेला परेको छ कि हातले लेख्दा हिज्जे शुद्धता र मेमोरी सम्झनामा […]

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार (भोलि) […]

संखुवासभा । संखुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३, हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर […]

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि […]

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तरगत नै बयान लिन थालिएको राससलाई जानकारी दिनुभयो । […]

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको आरोप लगाएका हुन्। उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही […]