काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले […]

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्। गार्डियन अखबारका अनुसार, कम्तीमा १५ वर्षअघि नै धूमपान त्याग्न सक्दा सम्भावित क्यान्सरको खतरालाई टार्न सकिने अध्येताहरूले जनाएका छन्। सन् २००२ यता स्वास्थ्य जाँचमा आएका लगभग ३० लाख कोरियालीको स्वास्थ्य परीक्षणको तथ्यांक अध्ययन गरेपछि अध्येताहरू यो निष्कर्षमा पुगेका हुन्। अधवैंशे उमेरमा पुग्नुअघि नै […]

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका-६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर […]

नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]