काठमाडौँ । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल  सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको  खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत […]

जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले […]

काठमाडौं- सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जना विरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताए। […]

काठमाडौँ । दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको स्थलगत अनुगमन गरेका छन् ।   राष्ट्रिय सभाका दुई समितिका सदस्यहरूले बिहीबार निर्माणाधीन संसद भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दिगो विकास तथा सुशासन […]

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले […]

काठमाडौँ । क्यान महासंघका अध्यक्ष रन्जीत पोद्दारले प्रविधि क्षेत्रलाई बलियो बनाउन सके मात्रा देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । क्यान महासंघको आयोजनामा आजदेखि सुरु भएको २९ औँ क्यान इन्फो टेक २०२४ को उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष पोद्दारले महासंघको स्थापनकालबाट केन्द्रदेखि स्थानीय तहसम्म संगठन विस्तार गर्दै यस क्षेत्रलाई थप बलियो बनाउँदै देशको अर्थतन्त्रमा ठूलो […]

नुवाकोट । ककनी गाउँपालिका–४ बस्ने ५६ वर्षीय सूर्य बहादुर तामाङलाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ककनी गाउँपालिका–४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङ रहेका छन् । उनीहरूले बा.६ ज ७७७९ नम्बरको गाडीमा आएका सूर्य […]

धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने […]

काठमाडौँ / यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन  र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ […]

जुनसुकै उमेरमा पुगेको व्यक्तिले धूमपान त्याग्न सक्दा क्यान्सरको खतराबाट जोगिने शोधकर्ताहरूले जनाएका छन्। गार्डियन अखबारका अनुसार, कम्तीमा १५ वर्षअघि नै धूमपान त्याग्न सक्दा सम्भावित क्यान्सरको खतरालाई टार्न सकिने अध्येताहरूले जनाएका छन्। सन् २००२ यता स्वास्थ्य जाँचमा आएका लगभग ३० लाख कोरियालीको स्वास्थ्य परीक्षणको तथ्यांक अध्ययन गरेपछि अध्येताहरू यो निष्कर्षमा पुगेका हुन्। अधवैंशे उमेरमा पुग्नुअघि नै […]